कांग्रेसले रविलाई संसदमा बोल्न दिने
शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो।
काठमाडौं, वैशाख २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ।
शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको हो।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ। उसले लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो।
संसदमा आजबाट बजेट अधिवेशन सुरु हुँदैछ।
प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, वैशाख २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार