Kathmandu Press

लकडाउनमा गरिब र मजदूरलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने

जनकपुरधाम, चैत १६ : लकडाउनका समयमा प्रदेश २ का गरिब र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको खानाको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ।

आइतब....

लकडाउनमा गरिब र मजदूरलाई खानाको व्यवस्था प्रदेश सरकारले गर्ने
दीपेन्द्र झाकाे ट्वीटरबाट

जनकपुरधाम, चैत १६ : लकडाउनका समयमा प्रदेश २ का गरिब र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको खानाको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले लकडाउन अवधिभर गरिब र मजदूरको खानाको व्यवस्था गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री लालबाबु राउतका प्रेस संयोजक आतिश मिश्राका अनुसार, त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्नेछ। प्रदेश सरकारले स्थानीय सरकारलाई रकम दिने निर्णय समेत गरेको छ।

प्रदेश २ मन्त्रिपरिषद्को बैठकले गरिब र मजदूरको खानाको व्यवस्था गर्न महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाखको दरले रकम पठाउने निर्णय गरेको छ।

यसका लागि सर्वपक्षीय समिति गठन गरेर आजैदेखि काम अगाडि बढाइने जनाएको छ। सबै स्थानीय तहमा बन्ने सर्वपक्षीय समितिमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी रहनेछन्।

त्यस्तै, प्रदेश २ मा कोरोना भाइरसको उपचारमा खटिने चिकित्सकसहित स्वास्थ्यकर्मीको जीवन बिमा गरिने भएको छ। उनीहरुलाई सतप्रतिशत प्रोत्साहन भत्ता दिने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ। एक साता लामो लकडाउनको आज छैटौं दिन हो। अझै एक साता लकडाउन थप्ने संघीय सरकारको तयारी छ।

यस्तोमा गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर समस्या परेका छन्।

प्रकाशित मिति: १३:०२ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्