Kathmandu Press

जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
जोशी र ढकाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा
Hardik ivf

काठमाडौं, वैशाख २७ : सरकारले नेपाल प्रहरीका एआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशी र ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।  

‘गृह मन्त्रालयको प्रस्तावमा प्रहरी नायब महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने र पदस्थापना गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।

प्रकाशित मिति: २०:०४ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्