Kathmandu Press

प्रमुख सचेतकहरुसँग सभामुखको परामर्श, गतिराेध अन्त्य हुनेमा संशय

एमाले सचेतक महेश बर्तौलाले भोलिदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषयमा समेत छलफल भएको बताए।
प्रमुख सचेतकहरुसँग सभामुखको परामर्श, गतिराेध अन्त्य हुनेमा संशय

काठमाडौं, वैशाख २७ : सभामुख देवराज घिमिरेले संसदको बजेट अधिवेशन संचालन र अर्थमन्त्रालयसँग सम्बन्धित भन्सारको महसुलसम्बन्धि विधेयकका विषयमा राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन्।

बिहीबार सिंदरबारमा भएको छलफलमा शुक्रबार नै कार्य व्यवस्थासँग सम्बन्धित बैठक समेत परेकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले बताए।

Hardik ivf

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनैपर्ने अडान राखेको थियो । कांग्रेसले संसद् अवरोध गर्ने पुरानो अडान राखेसँगै सभामुखले बोलाएको बैठक सकिएको थियो । बैठक पुनः शुक्रबार बोलाइएको छ।

एमाले सचेतक महेश बर्तौलाले भोलिदेखि सुरु हुने संसदको बर्खे अधिवेशनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस कसरी प्रस्तुत हुन्छ भन्ने विषयमा समेत छलफल भएको बताए।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न मागहरु राख्दै सदन अवरोध गर्दै आएको छ। यो मागलाई भोलिको बैठकमा कसरी राख्छ भन्ने विषयमा छलफल भएको छ,’ उनले भने, ‘आम रुपमा भोलिको बैठकलाई कसरी व्यवस्थापनसँग सम्बन्धित कुनै पनि कार्यसूची नराख्ने र शीर्ष नेताहरुले बैठकमा सम्बोधन गर्ने कार्यसूची राख्ने निर्णय भएको छ।’

अन्य कुनै कार्यसूची नभएका कारण भोलिको बैठकमा कांग्रेसले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे। यद्यपि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफलकै क्रममा ‘बैठक सुरु भएपछि बताउँछौं’ भन्ने खालको प्रतिक्रिया दिएको उनको उल्लेख गरे।

प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्