सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या
बिहीबार बिहान ३ बजेतिर सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको घाँटीमा खुकुरी प्रहार गरी हत्या भएको हो।
सप्तरी, वैशाख २७ : सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा रहेको नेपाल बैंक लिमिटेडमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ।
बिहीबार बिहान ३ बजेतिर सुरक्षा गार्ड ५५ वर्षीय पर्शुराम फुँयालको घाँटीमा खुकुरी प्रहार गरी हत्या भएको हो।
खुकुरी प्रहार गरी गार्डको हत्या गरेर एक व्यक्तिले बैंकमा लुटपाटको प्रयास गरेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घनाटमा संलग्न भएको आशंकामा एकजनालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:३४ बजे, बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार