बाल संगठन जग्गा अनियमितता प्रकरण : मृत्यु भइसकेकाकाे नाउँमा समेत पक्राउ पुर्जी
पक्राउ पुर्जी जारी भएका २० जनामध्ये तीनजना मृतक रहेका छन्।
काठमाडौं, वैशाख २७ : नेपाल बाल संगठनको जग्गा अनियमित रुपमा लिजमा दिइएको बिषयमा मृतकको नाममा समेत पक्राउ पुर्जी जारी भएको छ।
पक्राउ पुर्जी जारी भएका २० जनामध्ये तीनजना मृतक रहेका छन्। पक्राउ पूर्जी जारी हुने वृहस्पति विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारी, बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपमहासचिव सुमन शाक्यको निधन भइसकेको छ।
नेपाल बाल संगठनका नाममा राखेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामा अनियमितता गरिएको आरोपमा उनीहरुविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो। सरकारले ‘सिता भवन’ का नाममा रहेको उक्त जग्गा २०२१ सालमा बाल मन्दीरका नाममा ल्याएको थियो।
प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












