Kathmandu Press

सर्वोच्चका पूर्वन्यायाधीश सिजापतीको निधन, शोकमा सुनुवाइ स्थगित 

पूर्वन्यायाधीश सिजापतिको निधनपछि सर्वोच्च अदालतमा बिहीबारका लागि तोकिएका सबै पेशीको सुनुवाइ स्थगित गरिएको छ।
सर्वोच्चका पूर्वन्यायाधीश सिजापतीको निधन, शोकमा सुनुवाइ स्थगित 

काठमाडौं, वैशाख २७ : सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ। 

पूर्वन्यायाधीश सिजापतिको निधनपछि सर्वोच्च अदालतमा बिहीबारका लागि तोकिएका सबै पेशीको सुनुवाइ स्थगित गरिएको छ।

प्रशासनीक कार्यहरु भने निरन्तर हुने सर्वोच्च प्रशासनले जनाएको छ । सिजापतिको बुधबार साँझ ८५ बर्षको उमेरमा निधन भएको थियो।

सिजापति २०६१ वैशाख ३ देखि २०६२ माघ ३० गतेसम्म सर्वोच्चको न्यायाधीश थिए।
 
प्रकाशित मिति: १६:४९ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्