Kathmandu Press

एक सातामै साढे तीन लाखमा फैलियो कोरोना

काठमाडौं, चैत १६ : कोरोना भाइरसको संक्रमण देखिएको तीन महीनामा भन्दा पछिल्लो एक सातामा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। पहिलो तीन महीनामा तीन लाख ....

एक सातामै साढे तीन लाखमा फैलियो कोरोना

काठमाडौं, चैत १६ : कोरोना भाइरसको संक्रमण देखिएको तीन महीनामा भन्दा पछिल्लो एक सातामा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। पहिलो तीन महीनामा तीन लाख संक्रमित देखिएका थिए भने पछिल्लो एक सातामा साढे तीन लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण फैलिएको छ।

चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्सन (सीसीडीसी)ले प्रकाशन गरेको एउटा रिपोटअनुसार, डिसेम्बर २१ तारिखमाचीनको वुहान शहरमा संक्रमण देखिएको थियो। त्यतिवेला संक्रमितमा निमोनिया देखिएको भने त्यसको पहिचान भएको थिएन्।

डिसेम्बर २१ तारेखको एक महीना पछि जनवरी २१ तारेखमा चीनको वुहान शहरमा २९१ जनामा संक्रमण देखिएको थियो।

त्यसको एक महीनापछि भने सयबाट हजारमा पुग्यो। फेब्रुअरी २१ तारेखमा ७७ हजार ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। त्यतिवेला पनि वुहानबाहेक अन्यत्र फैलिएको थिएन्।

कोरोना भाइरसको संक्रमण सुरु भएको तीन महिनामा मार्च २१ तारेखमा त्यो संख्या हजारबाट लाखमा पुगेको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार, मार्च २१ तारेखमा तीन लाख चारह जार नौ सय ७९ जनामा संक्रमण फैलिउको थियो।

तर, त्यसपछिको एक सातामा भने दोब्बरभन्दा बढी भएको छ। आज ६ लाख ६३ हजार नौ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये ३० हजार आठ सय ८२ जनाको मृत्यु भएको छ। अझै २५ हजार दुई सय ७२ जना गम्भीर रहेका छन्।

आइतबार बिहानसम्म सबैभन्दा बढी अमेरिकामा एक लाख २३ हजार सात सय ५० जनामा संक्रमण देखिएको छ। जसमध्ये दुई हजार दुई सय २७ जनाको मृत्यु भएको छ।

दोस्रो नम्बरमा इटाली रहेको छ। इटालीमा ९२ हजार चार सय ७२ जना संक्रमित भएका छन्। त्यसमध्ये १० हजार २३ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै, चीनमा ८१ हजार चार सय ३९ जनामा संक्रमण देखिएको छ। चीनमा तीन हजार तीन सय जनाले ज्यान गुमाइसकेका छन्। अझै सात सय ४२ जना गम्भीर रहेको छ।

स्पेनमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा रहेको छ। आइतबार बिहानसम्म ७३ हजार दुई सय ३५ जनामा संक्रमण देखिएको छ भने पाँच हजार नौ सय ८२ जनाले ज्यान गुमाएका छन्।

छिमेकी भारतमा पनि संक्रमितको संख्या एकाएक बढ्दै गएको छ। नौ सय ८७ जना बिरामी भएका छन भने २४ जनाको मृत्यु भएको छ।

नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। पाँच जनामा संक्रमण देखिएको छ भने एक जना निको भएर घर फर्किसकेका छन्। चार जनाको उपचार भइरहेको छ।

 

प्रकाशित मिति: १०:५६ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्