Kathmandu Press

कोसी प्रदेशका प्रमुखले सनाखतका लागि बोलाए सांसद

कार्कीले दाबी पेस गर्दा ५२ सांसदहरूको हस्ताक्षर बुझाएका थिए। ती सांसदहरूलाई खनाखतका लागि प्रदेश प्रमुखले बोलाएका प्रदेश प्रमुखकाे कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कोसी प्रदेशका प्रमुखले सनाखतका लागि बोलाए सांसद

काठमाडाैं, वैशाख २७ : एमाले काेसी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख परशुराम खापुङले सनाखतका लागि सांसदहरूलाई बोलाएका छन्।

कार्कीले दाबी पेस गर्दा ५२ सांसदहरूको हस्ताक्षर बुझाएका थिए। ती सांसदहरूलाई खनाखतका लागि प्रदेश प्रमुखले बोलाएका प्रदेश प्रमुखकाे कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Hardik ivf

‘प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख कार्यालयको सभाहलमा परिचय खुल्ने परिचय पत्रसाथ उपस्थित भई सनाखत गर्ने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएकाे छ।

यसअघि कोशी प्रदेशसभाले वर्तमान मुख्यमन्त्री केदार कार्कीको सरकार अल्पमतमा परेको भन्दै विश्वासको मत लिन निर्देशन दिएको थियो।

कोसीमा बहुमत पुग्न ४७ सांसद आवश्यक पर्छ। जसपाकी एक सांसदले पनि कार्कीलाई समर्थन गरेकी छन्। कार्की झापा निर्वाचन क्षेत्र नं ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्