Kathmandu Press

कोसीका मुख्यमन्त्री कार्की सर्वोच्च अदालतमा

आज बिहान कोसीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक रहेको भन्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्।
कोसीका मुख्यमन्त्री कार्की सर्वोच्च अदालतमा

काठमाडौं, वैशाख २७ : कोसीका मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालतमा पुगेका छन्। आज बिहान कोसीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक रहेको भन्दै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्।

उनको रिट निवेदनमा अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गरिएको छ। उनले कोसीको मुख्यमन्त्रीमा आफूलाई नै निरन्तरता दिनसमेत माग गरेका छन्।

Hardik ivf

कार्कीको रिट निवेदन आइपुगे पनि त्यसमाथि अध्ययन भइरहेकाले दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासन स्रोतले बताएको छ।

उता भने कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले दाबी पेस गरेका छन्। उनले ५२ सांसदको समर्थनसहित आफ्नो दाबी पेस गरेका हुन्।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्