Kathmandu Press

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं, चैत्र १६ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । चीनबाट सुरु भएको कोरोना म....

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं, चैत्र १६ : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । चीनबाट सुरु भएको कोरोना महामारी पछिल्लो समय यूरोप हुँदै अमेरिकामा तीव्र रुपले फैलिरहेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड १९ का बिरामी १ लाख २३ हजार ४२८ पुगेको विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्डोमिटर्सले जनाएको छ । अमेरिकामा पछिल्लो एकैदिन १९ हजार ३०२ नयाँ संक्रमित फेला परेका छन् ।

त्यहाँ कोभिड कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २११ पुगेको छ । पछिल्लो एकैदिनमा मात्र ५१५ जनाको मृत्यु भएको छ, जुन अमेरिकामा कोरोनाका कारण भएकै हालसम्मकै उच्च मृत्यु हो ।

यद्यपि ३ हजार २३१ जना भने उपचारपछि पूर्ण रुपमा निको भइसकेको जनाइएको छ । कोरोना भइरस सक्रिय रहेका १ लाख १७ हजार ९८६ मध्ये २ हजार ६६६ को अवस्था भने गम्भीर रहेको छ । 

प्रकाशित मिति: ०७:३२ बजे, आइतबार, चैत १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्