कोशीको मुख्यमन्त्री बन्न हिक्मत कार्कीले पेश गरे दाबी
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
मोरङ, वैशाख २७ : कोशी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दाबी पेश गरेका छन्।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेलगतै हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
प्रदेश प्रमुख खापुङले बुधबार राति केदार कार्कीलाई मुख्यमन्त्रीबाट बर्खास्त गर्दै शुक्रबार बेलुकासम्मको समय दिएर नयाँ सरकार गठनको आव्हान गरेका थिए।
लगत्तै हिक्म कार्कीले एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
यता, बर्खास्तीम परेका केदार कार्की नयाँ सरकार गठनका लागि गरिएको आव्हानविरद्ध सर्वोच्च अदालत जाँदैछन्।
प्रकाशित मिति: १२:१७ बजे, बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
