Kathmandu Press

लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति

लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास उनले व्यक्त गरे।
लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति

काठमाडौं, वैशाख २७ : राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एक अर्काका पुरक भएको बताएका छन्।

बिहीबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)ले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा समेत व्यक्त गरे।

Hardik ivf

‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा पनि लिन सकेका छौं, हरबखत् चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो,’ राष्ट्रपति पौडेलले भने, ‘आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ।’

लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास उनले व्यक्त गरे।

उनले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउण्टेण्टको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुने बताए।

 

प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्