लागूऔषध कारोबारीलाई पक्राउ गर्न कोहलपुरमा प्रहरीले चलायो गोली
कोहलपुरको पिपराहवामा बिहीबार बिहान साढे १० बजेतिर लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको हो।
बाँके, वैशाख २७ : लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले बाँकेको कोहलपुरमा गोली चलाएको छ।
कोहलपुरको पिपराहवामा बिहीबार बिहान साढे १० बजेतिर लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको हो।
त्यहाँबाट प्रहरीले दुई जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले लागू औषध कारोबारी सुशील परियार र प्रमोद कार्कीलाई पक्राउ गरेको छ।
जमध्ये परियारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो।
प्रहरीले उनीहरूबाट ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
प्रकाशित मिति: ११:४० बजे, बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
