Kathmandu Press

लागूऔषध कारोबारीलाई पक्राउ गर्न कोहलपुरमा प्रहरीले चलायो गोली

कोहलपुरको पिपराहवामा बिहीबार बिहान साढे १० बजेतिर लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको हो।
लागूऔषध कारोबारीलाई पक्राउ गर्न कोहलपुरमा प्रहरीले चलायो गोली

बाँके, वैशाख २७ : लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले बाँकेको कोहलपुरमा गोली चलाएको छ।

कोहलपुरको पिपराहवामा बिहीबार बिहान साढे १० बजेतिर लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको हो।

Hardik ivf

त्यहाँबाट प्रहरीले दुई जना कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले लागू औषध कारोबारी सुशील परियार र प्रमोद कार्कीलाई पक्राउ गरेको छ।

जमध्ये परियारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले उनीहरूबाट ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ।

प्रकाशित मिति: ११:४० बजे, बिहीबार, वैशाख २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्