निर्मल लामा असल राजनीतिज्ञ : प्रधानमन्त्री
प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएको चर्चा गरे।(17)-1715233683.jpeg)
काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिस्ट नेता निर्मल लामालाई एक असल राजनीतिज्ञको संज्ञा दिएका छन्।
बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित लामाको २४औं स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेता लामाको प्रशंसा गरेका हुन्।
‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो। मुख्यतः २०३३ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो,’ प्रधानमन्त्री दाहालले भने।
प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएको चर्चा गरे।
‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो,’ उनले भने, ‘राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो।’










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
