कांग्रेस संसदीय दलको बैठक स्थगित, अर्को बैठक भोलि
आज २ बजेका लागि तय भएको बैठक पूर्वमन्त्री एवं कांग्रेसका नेता सुर्यमान गुरुङको अन्त्येष्ठी हुने भएकोले स्थगित गरिएको कांग्रेसले जनाएको छ।
काठमाडौं, वैशाख २७ : आज बस्ने भनेको नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ।
आज २ बजेका लागि तय भएको बैठक पूर्वमन्त्री एवं कांग्रेसका नेता सुर्यमान गुरुङको अन्त्येष्ठी हुने भएकोले स्थगित गरिएको कांग्रेसले जनाएको छ।
अर्को बैठक भोलि बिहान ८ः३० बजे संघीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने छ।
भोलिदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो। बैठकले बजेट अधिवेशनमा संसद्मा खेल्नुपर्ने भूमिकाबारे निर्णय गर्नेछ।
बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानविन समिति गठन लगायत विषयहरुमा छलफल हुने छ। शुक्रबारदेखि बजेट अधिवेशन बोलाइएको छ।
कांग्रेसले भने सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागमा अडान राख्दै आएको छ।
प्रकाशित मिति: १०:४९ बजे, बिहीबार, वैशाख २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
