कोरोना महामारी: मृतकको संख्या ३० हजार वढी, संसारभर ६ लाख संक्रमित
काठमाडौं चैत्र १६ : कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ ।
कोरोना भाइरसबारे नि....

काठमाडौं चैत्र १६ : कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ ।
कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ ।
साथै मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको छ । संक्रमितमध्ये २५ हजार ४ सय १२ को स्थिती नाजुक छ भने ४ लाख ६४ हजार ७ सय ५२ संक्रमितको अवस्था सामान्य छ ।
यससँगै अहिलेसम्म १ लाख ४१ हजार ९ सय ९३ संक्रमित उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
प्रकाशित मिति: ०७:०२ बजे, आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











