Kathmandu Press

वर्षापछि वायु प्रदूषण घट्दै

मंगलबार दिउँसो भने गुणस्तर सूचकांक १२७ सम्म पुगेको थियो भने गत शनिबार १९२, आइतबार १७६, सोमबार १५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो।
वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं, वैशाख २५ : सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ।

‘एयर क्वालिटि इन्डेक्स’को आजको तथ्यांकअनुसार समग्र वायु गुणस्तर सूचकांक ८९ मा झरेको छ। मंगलबार दिउँसो भने गुणस्तर सूचकांक १२७ सम्म पुगेको थियो भने गत शनिबार १९२, आइतबार १७६, सोमबार १५६ पुगेको वायु प्रदूषण घटेर आज ८९ मा झरेको हो।

Hardik ivf

एक साताअघि काठमाडौं विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचिकृत भएकामा आज भने घटेर १२औं स्थानमा उक्लिएको छ। आज भारतको राजधानी दिल्ली विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचिकृत भएको छ।

डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म वर्षाका कारण मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलो पनि नियन्त्रण हुँदै गएपछि वायु प्रदूषण न्यूनीकरणमा सहयोग पुगेको बताए। वन डढेलोका कारण वायु प्रदूषण बढ्ने भएकाले वर्षाअघि ह्वात्तै बढेको प्रदूषण पनि कम हुँदैगएको उनको भनाइ छ।

विपत व्यवस्थापनविद् डा. धर्मराज उप्रेती पनि अझै केहीदिन वर्षा हुनेभएकाले वायु प्रदूषण पनि कम हुँदैजाने बताछन्। उनका अनुसार शून्यदेखि ५०सम्मको वायु गणस्तर एक्युआइ राम्रो मानिन्छ।

५१ देखि १ सयसम्मको एक्युआइलाई होसियार रंग अथवा पहेंलो संकेत, एक सय एकदेखि १५० सम्मलाई अस्वस्थ मान्ने गरिएको छ, जसले स्वासप्रसास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ।

नेपाल सरकारले निर्धारण गरेको काठमाडौं उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि एक्युआइको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रूपमा लिने बताएको छ।

वायु प्रदूषण रोक्न फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरूलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्नुपर्ने सोही कार्ययोजनामा उल्लेख छ। -रासस

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्