Kathmandu Press

नेप्से घट्यो, कारोबार रकम बढ्यो

नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं, वैशाख २६ :  सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंक घटेको छ। ०.२१ अंकले घट्दै बजार परिसूचक १९६०.६० विन्दुमा बन्द भएको छ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको छ।

५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबार नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रहँदा ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको थियो ।

Hardik ivf

आज फाइनान्स उपसमूह अस्वाभाविकरुपमा ३.११ प्रतिशतले बढेको छ भने लघुवित्त उपसमूहको बढोत्तरी २.७६ प्रतिशत छ । व्यापार र जलविद्युत उपसमूह पनि बढेको छ।

१२४ कम्पनीको सेयरमूल्य बढेको छ भने १०७ कम्पनीको घटेको छ । १२ कम्पनीका सेयरमूल्य स्थिर छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा पहिलो नम्बरमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त छ। उक्त लघुवित्तको १० करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ । ग्रामीण विकास लघुवित्तको ७ करोड १५ लाख, हिमालयन डिष्टिलरीको ५ करोड ८६ लाख र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर ५ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ।

सेयरमूल्य बढ्ने कम्पनीमा इन्फिनिटी लघुवित्त पहिलो नम्बरमा छ । उक्त लघुवित्तको सेयरमा सकारात्मक सर्किट नै लागेको छ। दोल्ती पावर, समता घरेलु लघुवित्त, ग्रामीण विकास लघुवित्त, सृजनशील लघुवित्त लगायत सेयरमूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन् ।

सेयरमूल्य घट्नेमा सर्वाधिक कुमारी सबल योजनाका लगानीकर्ताले गुमाएका छन् । उक्त योजनाको सेयरमा नेगेटिभ सर्किट नै लागेको छ।

 

प्रकाशित मिति: १६:४० बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्