Kathmandu Press

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, ८ जना घाइते

दुर्घटनामा परी याङ्वरक–४ का ९ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको छ। उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए।
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, ८ जना घाइते

ताप्लेजुङ, वैशाख २६ : ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ। दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्।

खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुंगेलीले जानकारी दिए।  

Hardik ivf

दुर्घटनामा परी याङ्वरक–४ का ९ वर्षीय मानस तामाङको घटनास्थलमै मृत्यु भएको छ। उनी स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए।

दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत आठ विद्यार्थी घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ।

दुर्घटनापछि चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: १६:२० बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्