Kathmandu Press

‘हामी सरकारमै हुँदा पनि विधेयकको काममा कमजोरी भयो’

‘हामी सरकारमा हुँदा पनि विधेयनको काममा कमजोरी भएकै हो । हामी अहिले प्रतिपक्षमा छौं, त्यो कमजोरी यथावत छ। कुनै न कुनै रुपले विधेयकको काम कमजोर भएको छ भन्ने कुरामा हामीले अनुभुति गर्नुपर्छ,’ उनले भने ।
‘हामी सरकारमै हुँदा पनि विधेयकको काममा कमजोरी भयो’

काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सरकारमा भएको बेला पनि विधेयकको काममा कमजोरी भएको स्वीकार गरेका छन्।

बुधबार सिंहदरबारमा संसदीय मामिला पत्रकारहरुसँगको छलफलमा उनले आफूहरु सरकारदेखि प्रतिपक्षमा पुग्दा समेत विधेयक निर्माणका सन्दर्भमा कमजोरी यथावत रहेको बताएका हुन्।

Hardik ivf

‘हामी सरकारमा हुँदा पनि विधेयनको काममा कमजोरी भएकै हो । हामी अहिले प्रतिपक्षमा छौं, त्यो कमजोरी यथावत छ। कुनै न कुनै रुपले विधेयकको काम कमजोर भएको छ भन्ने कुरामा हामीले अनुभुति गर्नुपर्छ,’ उनले भने, ‘सार्वजनिक रुपमा यो कुरा स्वीकार गर्न कुनै कठिनाइ छैन। भएको कुरालाई त स्वीकार नगरी भयो त?’

उनले नेपाली कांग्रेस सरकारमा हुँदा समेत अगाडि बढाउनुपर्ने केही विधेयक अगाडि बढाउन नसकेको भन्दै दुःख पनि व्यक्त गरेका छन्। संसद प्रभावकारी रुपमा संचालन हुन नसके व्यवस्थामाथि नै खतरा हुने लेखकको भनाइ थियो।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्