Kathmandu Press

प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर पार्टी फुटाएको उपेन्द्रको दाबी

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै यादवले जसपा फुटाएर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल अवैधानिक भएको दाबी पनि गरे।
प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर पार्टी फुटाएको उपेन्द्रको दाबी
फाइल तस्बिर।

काठमाडौं, वैशाख २६ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीलाई समेत भ्रममा पारेर आफ्नो दल फुटाइएको दाबी गरेका छन्।

बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै यादवले जसपा फुटाएर अशोक राईको नेतृत्वमा गठन भएको नयाँ दल अवैधानिक भएको दाबी पनि गरे।

Hardik ivf

राईको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भइसकेको छ। उनले पत्रकार सम्मेलनमा राजनीतिक दलसम्बन्धी कानुन नभएको अवस्थामा रातारात दल दर्ता गरेको बताउँदै उक्त कार्यविरुद्ध सर्वोच्च अदालत जाने भनाई पनि राखे।

यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि हौवाको भ्रममा परेको बताउँदै सरकारलाई दिएको समर्थन कायमै रहने बताए।

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्