रणनीतिक योजनामार्फत न्यायिक सुधारका काम अघि बढेको छ : प्रधानन्यायाधीश
श्रेष्ठले विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको समेत बताएका छन्।
काठमाडौं, वैशाख २६ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संविधानले न्यायपालिकालाई न्याय सम्पादनको गहन र महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताएका छन्।
कानुन दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश श्रेष्ठले पञ्चवर्षीय रणनीतिक योजनामार्फत न्यायिक सुधारका विभिन्न कार्यहरू अगाडि बढाइरहेको बताएका छन्।
संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको माध्यमबाट पहुँचयोग्य तथा जनआस्थामा आधारित न्यायिक पद्धतिको विकास गरी कानुनको शासनको प्रवर्धन गर्न कानुन दिवसले सबैलाई थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास समेत श्रेष्ठले व्यक्त गरेका छन्।
श्रेष्ठले विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध रहेको समेत बताएका छन्। न्यायमा सबैको सहज पहुँच पुयाउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाइँदै जाने प्रतिबद्धता समेत श्रेष्ठले जनाएका छन्।










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
