Kathmandu Press

शपथपछि सुहाङले भने– इलामको समस्या समाधान नै मेरो प्राथमिकता हो

नेपालमा विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्था र प्राविधिक ज्ञान अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे।
शपथपछि सुहाङले भने– इलामको समस्या समाधान नै मेरो प्राथमिकता हो

काठमाडौं, वैशाख २६ : एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।

आज सिंहद।बारमा पद तथा गोपनीयताको शपथ लिएपछि सुहाङले बुवाले देखाएको इमान र निष्ठाको राजनीतिक बाटोमा हिँडेर सबैसँग सहकार्य गर्दै इलामको समस्या समाधान गर्न विशेष जोड दिने बताए।
 
नेपालमा विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्था र प्राविधिक ज्ञान अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने उल्लेख गरे।

Hardik ivf

इलामको विकासमा प्राथमिकता दिएर सघीय संसदमा कृषि, शिक्षा,पर्यटन लगायतका क्षेत्रमा ऐन निर्माण वा संशोधन गर्नु आवश्यक भए त्यसमा पहल गर्नेमा उनले जोड दिए ।

‘इलामको समस्या समाधानका लागि संसदमा मैले के गर्नुपर्छ भन्नेमा मेरो विशेष ध्यान हुन्छ,’ उनले भने, ‘इलामको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनसँग जोडिएका एन कानून निर्माण देखि परिमार्जन सम्ममा ध्यान दिएर अगाडि बढ्नुपर्छ।’

प्रकाशित मिति: १२:५० बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्