पछिल्ला गतिविधिले मुलुकमा अधिनायकवादी छनक देखियो : देउवा
संवैधानिक परिधिभित्र रहेर स्वतन्त्र, निष्पक्ष र पारदर्शी रूपमा काम गर्ने निर्वाचन आयोगमाथि पनि कसैको दबाब परेको हो कि भन्ने आशंका देउवाको थियो।
काठमाडौं, वैशाख २६ : नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक गतिविधिले अधिनायकवादी छनकको संशय उत्पन्न भएको बताएका छन्।
गण्डकी प्रदेश संसदीय दल नेता सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभा सदस्यहरूसँग बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको भेटमा सभापति देउवाले कम्युनिस्टहरु कब्जाको शैलीमा अघि बढेको बताए।
‘पछिल्ला केही गतिविधिले कम्युनिष्टहरू कब्जाको शैलीमा अघि बढेको संशय पैदा भएको देखिएको छ,’ सभापति देउवाले भने।
देउवाले निर्वाचन आयोगले दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नवगठित जनता समाजवादीलाई दर्ता गरेको विषयमा पनि संशय व्यक्त गरे। संवैधानिक परिधिभित्र रहेर स्वतन्त्र, निष्पक्ष र पारदर्शी रूपमा काम गर्ने निर्वाचन आयोगमाथि पनि कसैको दबाब परेको हो कि भन्ने आशंका देउवाको थियो।
यस्तै, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएका कुरा आए पनि सरकारले गम्भीरतापूर्वक नलिएको भनाई पनि देउवाले राखे। संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीमा निष्कर्षमा पुगिनुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको पनि उनले बताए।
‘संसदीय समिति गठन गर्नैपर्छ, लाखौं जनताले सहकारीमा राखेको बचत ठगी भएको छ,’ उनले भने, ‘सर्वसाधारण नागरिकको बचत फिर्ता दिनुपर्छ। यो विषय हामी त्यसै छाड्दैनौं।’
सभापति देउवाले पछिल्ला राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालीरहेको बताउँदै अधिनायकवादी छनक देखिने खालका गतिविधि हुन थालेको भनाई दोहो¥याए। यस्तो अधिनायकवादका छनकविरूद्ध लड्ने बेला आएको र आफूलाई साथ दिन देउवाको आग्रह थियो।
गण्डकी सरकारको विवादलाई लिएर गण्डकी प्रदेश संसदीय दल नेता सुरेन्द्रराज पाण्डेसहित प्रदेश सभा सदस्यहरू सभापति देउवालाई भेट्न गएका थि । गण्डकी सरकारविरुद्ध वैधानिकताको प्रश्न उठाउँदै कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको छ।










![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)
