सुहाङले लिए शपथ
आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा एमालेबाट निर्वाचिएत भएका नेम्वाङलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिए।
काठमाडौं, वैशाख २६ : इलाम क्षेत्र नं. २ मा भएको उपचिर्वनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ लिएका छन्।
आज सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा एमालेबाट निर्वाचिएत भएका नेम्वाङलाई सभामुख देवराज घिमिरेले शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिए।
अघिल्लो निर्वाचनमा इलाम २ बाट विजयी भएका सुवास नेम्वाङको निधन भएपछि भएको उपनिर्वाचनमा छोरा सुहाङ विजयी भएका हुन्।
उपनिर्वाचनमा सुहाङले २७ हजार ७ सय ७२ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए।
प्रकाशित मिति: ११:४० बजे, बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)