दुई संसदीय समिति बैठक आज, दुवैमा विधेयकमाथि छलफल गर्ने तयारी
समिति सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबारका लागि बोलाएको हो।-1715144052.jpeg)
काठमाडौं, वैशाख २६ : संघीय संसद, प्रतिनिधि सभा अर्न्तगतको दुई संसदीय समितिको बैठक आज बस्दै छ।
समिति सचिवालयले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बुधबारका लागि बोलाएको हो।
बिहान ११ बजेका लागि बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदैछ।
यस्तै, दिउँसो १ बजे बस्ने गरी बोलाइएको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पनि सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रकाशित मिति: १०:३९ बजे, बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)