Kathmandu Press

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । 
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
Hardik ivf

ताप्लेजुङ, वैशाख २६ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् ।  मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । 

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाए । पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भए । 

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका थिए । 

प्रकाशित मिति: ०८:२५ बजे, बुधबार, वैशाख २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्