Kathmandu Press

‘तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ’

नेपाल तयारी पोशाक उद्योग संघका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उनले तयारी पोशाकलगायत निर्यातका समस्या समाधानमा व्यवसायीसँग बृहत् छलफल गर्ने बताए।
‘तयारी पोशाक निर्यातका विषयमा सरकार गम्भीर छ’

काठमाडौं, वैशाख २५ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको तयारी पोशाक निर्यात हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।

नेपाल तयारी पोशाक उद्योग संघका तर्फबाट आज मन्त्रालयमा तयारी पोशाक उद्योगको प्रवर्द्धनबारे ज्ञापनपत्र बुझ्दै उनले तयारी पोशाकलगायत निर्यातका समस्या समाधानमा व्यवसायीसँग बृहत् छलफल गर्ने बताए।

Hardik ivf

‘निर्यात व्यवसायीसित बृहत् छलफल गरेर ठोस निर्णय लिनुपर्ने छ, निर्यातको अवस्था साह्रै नाजुक भयो, नेपाली वस्तुको निर्यातका लागि मन्त्रालयबाट गर्नुपर्ने सबै काम गर्न प्रतिबद्ध छु,’ उनले भने,  ‘यसमा पुँजीगत समस्या छ, हामी गम्भीर छौं, आगामी बजेटले यस विषयलाई सम्बोधन गर्छ।’

संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहितको टोलीले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझाउने टोली मन्त्रालयमा भएकै बेला वाणिज्य सचिव दिनेशकुमार घिमिरेले सम्बन्धित भन्सारका प्रमुखलाई तयारी पोशाक निर्यातमा सहजीकरण निर्देशन दिएका थिए।

संघले मन्त्री समक्ष तयारी पोशाक उत्पादन र निर्यात प्रवर्द्धन गर्ने क्रममा संसारका प्रचलित नवीनतम प्रविधि, तदनुसारको प्रशिक्षण तथा लगानीलाई प्रोत्साहन गर्नुपर्ने माग राखेको छ।

प्रकाशित मिति: १९:२३ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्