पार्टी विभाजनको कानुनी उपचार खोज्न यादव अदालत जाने
पार्टी विभाजन गरी निर्वाचन आयोगमा दल दर्ता गर्ने अशोक राईसहितका नेताको निर्णयविरूद्ध यादव कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका निर्णय लिएका हुन्।
काठमाडौं, वैशाख २५ : जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको बिषयमा उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादव अदालत जाने भएका छन्।
पार्टी विभाजन गरी निर्वाचन आयोगमा दल दर्ता गर्ने अशोक राईसहितका नेताको निर्णयविरूद्ध यादव कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने भएका निर्णय लिएका हुन्।
यादवले यस बिषयमा मंगलबार पार्टीका नेता र सांसदहरूसँग अनौपचारिक छलफल गरेका थिए। अदालत जाने विषयमा बुधबार निर्णय लिइने यादव निकट नेताले बताएका छन्।
पार्टी विभाजनपछिको पछिल्लो अवस्थाबारे निर्णय लिन बुधबारका लागि केन्द्रीय कार्यकारिणी समिति र दलको बैठक डाकिएको छ।
प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)