Kathmandu Press

सेयर बजारमा झिनो सुधार, २.०६ अंकले बढ्यो नेप्से    

५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ।
सेयर बजारमा झिनो सुधार, २.०६ अंकले बढ्यो नेप्से    

काठमाडौं, वैशाख २५ : साताका दुई दिन लगातार दोहोरो अंकले घटेर लगानीकर्तालाई निराश पारेको सेयर बजारमा मंगलबार सामान्य सुधार छ। नेप्से २.०६ अंकले बढेर बजार परिसूचक १९६०.८१ विन्दुमा रह्यो। 

५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा कारोबार भएको छ। अन्तिम समयमा लघुवित्त उपसमूह २.४३ प्रतिशतले बढ्दा बजार परिसूचक सकारात्मक देखिएको हो। विकास बैंक, म्युचुअल फण्ड र अन्य समूहमा पनि सामान्य बढोत्तरी छ। 

१२० कम्पनीको सेयरमूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ। ११ कम्पनीका सेयरमूल्य स्थिर रह्यो। वित्तीय सूचक सकारात्मक नभएको भन्दै सञ्चारमाध्यमहरुमा समाचार आयरहे पनि सर्वाधिक कारोबार हुने कम्पनीमा पोखरा फाइनान्स पहिलो नम्बरमा रह्याे।

उक्त कम्पनीको ८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै आरएसडीसी लघुवित्तको ६ करोड ५७ लाख, हिमालयन लघुवित्तको ५ करोड १७ लाख, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ३० लाख रुपैयाको सेयर किनबेच भएको छ। 

सेयरमूल्य बढ्ने कम्पनीका हिमालयन लघुवित्त पहिलो नम्बरमा छ। इन्फिनिटी लघुवित्त, समता घरेलु लघुवित्त, सबैको लघुवित्त लगायत सेयरमूल्य बढेका कम्पनीको सूचीमा अगाडि छन्। सेयरमूल्य घट्नेमा बोटलर्स तराई, सीवाइसी नेपाल लघुवित्त, माउन्टेन हाइड्रो, दोल्ती पावर, नेपाल फाइनान्स लगायत छन्।  
 

प्रकाशित मिति: १७:२५ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्