Kathmandu Press

कांग्रेस नेता सूर्यमान गुरुङको निधन 

गुरुङको काठमाडौंस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको हो। गुरुङको ८४ वर्षको उमेरमा निधन भएको हो। गुरुङ डेढ बर्षदेखि विरामी थिए। बाथ र सुगरका बिरामी रहेका उनले हिमाल अस्पतालमा भर्ना भई उपचार गराइरहेका थिए।
कांग्रेस नेता सूर्यमान गुरुङको निधन 

काठमाडौं, वैशाख २५ : कांग्रेस नेता एवम् पूर्वमन्त्री सूर्यमान गुरुङको मंगलबार निधन भएको छ। 

गुरुङको काठमाडौंस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मंगलबार दिउँसो निधन भएको हो। गुरुङको ८४ वर्षको उमेरमा निधन भएको हो। गुरुङ डेढ बर्षदेखि विरामी थिए। बाथ र सुगरका बिरामी रहेका उनले हिमाल अस्पतालमा भर्ना भई उपचार गराइरहेका थिए।

Hardik ivf

गुरुङले २०१८ सालमा कांग्रेसले शुरु गरेको सशस्त्र आन्दोलनको ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गरेका थिए। गुरुङ २०६४ सालको संविधान सभाको निर्वाचनमा माओवादीका राम कार्कीलाई पराजित गरेर सभासद् बनेका थिए। 

२०७० सालमा पुनः कांग्रेसको समानुपातिकबाट सांसद भएका गुरुङ २०७३ सालमा श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री बनेका थिए। उनी २०५७ देखि ६७ सालसम्म ताप्लेजुङ कांग्रेसको पार्टी सभापति भएका थिए। गुरुङ ताप्लेजुङको फुङलिङ नगरपालिका–६ निवासी हुन्।

गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन्। छोराहरु विदेशमा भएकाले आएपछि दाहासंस्कार गरिने भएको छ। 
 

प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्