‘रूसी सेनामा भर्ती भएकाकाे यकिन तथ्यांक नहुनु कूटनीतिक रूपमा सरकार कमजोर देखिनु हाे’
‘रुसी सेनामा भर्ना भएका कतिपय नेपालीको मृत्युसमेत भइसकेको र धेरै बेपत्ता भएका खबरहरु आइरहेका छन्। अवस्था गम्भीर हुँदा पनि सरकारले आफ्ना नागरिक फर्काउन प्रभावकारी कदम चालेकाे छैन।’
काठमाडौं, वैशाख २५ : कांग्रेस सांसद प्रदीप पौडेलले रूसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्नेमा जाेड दिएका छन्।
संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बाेल्दै सांसद पौडेलले भने, ‘रुसी सेनामा भर्ना भएका कतिपय नेपालीको मृत्युसमेत भइसकेको र धेरै बेपत्ता भएका खबरहरु आइरहेका छन्। अवस्था गम्भीर हुँदा पनि सरकारले आफ्ना नागरिक फर्काउन प्रभावकारी कदम चालेकाे छैन।’
उनले रूसी सेनाकाे विषयले सरकार कूटनीतिमा कमजोर देखिएकाे बताए । 'ठुलो संख्यामा नेपाली रुसी सेनामा भर्ती भएको अवस्थामा पनि यकिन तथ्यांक नहुनुले कूटनीतिक पहलमा सरकार कमजोरी देखिएको छ,' उनले भने।
परराष्ट्र मन्त्रालयलाई समितिमा बोलाई गम्भीर पहल गर्न र घाइते तथा मृतकका परिवारलाई सहयोग गर्न निर्देशन दिन उनले सुझाए।
प्रकाशित मिति: १६:०५ बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)