Kathmandu Press

अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ : जसपा नेपाल

पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरुको बैठकले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्ने निष्कर्ष निकालेको जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताए।
अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ : जसपा नेपाल
Hardik ivf

काठमाडाैं, वैशाख २५ : उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धनको विकल्प नखोजिएको बताएको छ। पार्टी कार्यालय बालकुमारी मंगलबार बसेको जसपा नेपालका नेताहरुको बैठकले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्ने निष्कर्ष निकालेको जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताए।

पार्टीले गठबन्धन छाड्न लागेको भन्ने हल्ला मात्रै भएको बताउँदै उनले मिलेर चल्नुपर्ने मतादेश अनुसार नै जसपा नेपाल सरकारमा सहभागी भएको, अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म लानुपर्छ भन्नेमा स्पष्ट रहेको र विकल्पको बारेमा केही नसोचेको स्पष्ट पारे।

उनले पार्टी महाधिवेशनमा पराजित हुने डरले केही नेताले अहिले नै पार्टी फुटाएको टिप्पणी गरे। उनले केही व्यक्तिले पार्टी छाडे पनि त्यसबाट पार्टीलाई धेरै नोक्सान नहुने बताए। पार्टी विभाजनमा ठूलै शक्तिको हात हुन सक्ने पनि उनले बताए। उनले महाधिवेशन आयोजना गर्न तयारीलाई तीव्रता दिने पनि बताए।

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्