जम्कट्टेललाई नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना
रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदै गर्दा जम्कट्टेल बीच बाटोमै अस्वस्थ बनेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
काठमाडौं, वैशाख २५ : अकस्मात विरामी परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई नर्भिक अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको छ।
रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका क्रममा जाँदै गर्दा जम्कट्टेल बीच बाटोमै अस्वस्थ बनेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो।
उनको प्रेसर र पल्स एकदमै कमी भएपछि उनको स्वासप्रश्वासमा समस्या देखिएको जनाइएको छ। नर्भिक अस्पतालको इमर्जेन्सीमा उपचार जारी छ।
प्रकाशित मिति: १५:२० बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)