Kathmandu Press

सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको समितिले बुझायो प्रतिवेदन 

कानुनको दफा उल्लेख गरेर थप कारबाहीको जिम्मा प्रहरीलाई नै दिने गरी समितिले सिफारिस गरेको जनाइएको छ।
सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको समितिले बुझायो प्रतिवेदन 

काठमाडौं, वैशाख २५ : सुन तस्करी जाँचबुझ आयोगको रायसुझाव अनुसार प्रहरी र सरकारी कर्मचारीलाई कारबाही सिफारिस गर्न गठित गृह मन्त्रालयको समितिले गहृमन्त्रालयमा प्रतिवेदन बुझाएको छ।

गृह मन्त्रालयको कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको संयोजकत्वमा समिति गठन भएको थियो।

Hardik ivf

समितिले डिल्लिराज आचार्य आयोगको सिफारिसलाई अध्ययन गरेर थप कारबाही गर्न सिफारिससहित प्रतिवेदन बुझाएको हो।

कानुनको दफा उल्लेख गरेर थप कारबाहीको जिम्मा प्रहरीलाई नै दिने गरी समितिले सिफारिस गरेको जनाइएको छ। यता, सिआइबीमा नयाँ टोलीले साे विषयमा थप अनुसन्धान समेत गरिरहेको छ। 
 

प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्