संसदमा बोल्न अनुमति माग्दै गृहमन्त्री लामिछानेले दिए सभामुखलाई निवेदन
उनले जनताको जिम्मेवार प्रतिनिधि एवं गृह मन्त्री भएको कारण माननीय सदस्यहरूले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउनु आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी रहेको निवेदनमा स्मरण गराएका छन्।
काठमाडौं, वैशाख २५ : सहकारी ठगी प्रकरणमा विवादमा परेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन्।
आगामी वर्खे अधिवेशनमा संसदमा जवाफ दिने वातावरण मिलाउन मन्त्री लामिछानेले सभामुखसँग आग्रह गरेका छन्।
उनले जनताको जिम्मेवार प्रतिनिधि एवं गृह मन्त्री भएको कारण माननीय सदस्यहरूले उठाएको विषयमा आम नागरिकलाई जानकारी गराउनु आफ्नो अधिकार, कर्तव्य र जिम्मेवारी रहेको निवेदनमा स्मरण गराएका छन्।
निवेदनमा उल्लेख छ, ‘यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरूमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाई दिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट मलाई जानकारी गराइएको पत्र यसैसाथ संलग्न गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु।’












![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)