Kathmandu Press

शंकाको घेरामा रहेकाले गृहमन्त्रीले छानबिनलाई सहयोग गर्नुपर्छ : कांग्रेस प्रमुख सचेतक 

लेखकले गृहमन्त्री व्यक्ति मात्रै नभएको बताउँदै उनले प्रश्नैप्रश्नले घेरिन नहुने पनि बताए। 
शंकाको घेरामा रहेकाले गृहमन्त्रीले छानबिनलाई सहयोग गर्नुपर्छ : कांग्रेस प्रमुख सचेतक 

काठमाडौं, वैशाख २५ : प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमख सचेतक रमेश लेखकले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री शंकाको घेरामा रहेको बताउँदै छानबिनलाई सहयोग गर्नुपर्ने भनाइ राखेका छन्। 

सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठकपछि लेखकले उक्त भनाई राखेका हुन् । ‘संसदीय छानबिन समिति बनाउनुपर्छ। प्रश्नैप्रश्नको घेरामा उभिनुभन्दा छानबिनलाई सहयोग गरेको राम्रो हुन्छ।

Hardik ivf

राम्रो नेता प्रश्नले घेरिनु हुँदैन। संसद अवरोध गर्ने नगर्ने कुरा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा भर पर्छ। अब आजको बैठकपछि सरकार समिति बनाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा उभिन्छ जस्तो लाग्छ,’ संचारकर्मीसँग कांग्रेस सचेतक लेखकले भने।

लेखकले गृहमन्त्री व्यक्ति मात्रै नभएको बताउँदै उनले प्रश्नैप्रश्नले घेरिन नहुने पनि बताए। 

प्रकाशित मिति: १४:५३ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्