Kathmandu Press

कांग्रेसले पुरानै अडान कायम राखेपछि शीर्ष नेताहरूकाे  बैठक निष्कर्षविहीन

बैठकमा आफूहरुले पुरानै अडान राखेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। 
कांग्रेसले पुरानै अडान कायम राखेपछि शीर्ष नेताहरूकाे  बैठक निष्कर्षविहीन

काठमाडौं, वैशाख २५ : सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन राखेको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूकाे  बैठक निष्कर्षविहीन बनेकाे छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुरानाे अडान नछाडेपछि मंगलबार बसेकाे बैठक निष्कर्षविहीन बनेकाे हाे।

सहकारीमा भएको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडानबाट कांग्रेस टसमस नभएपछि बैठक उपलब्धिमूलक हुन नसकेकाे बताइएकाे छ।

Hardik ivf

बैठकमा आफूहरुले पुरानै अडान राखेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। ‘हामीले संसदीय छानबिन समितिको कुरा राखेको छौं। सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता देखिएको छ,' उनले भने, 'राजीनामा मागेका छैनौं, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका हाैं। सरकारले समिति बनाउँछ भन्ने विश्वास छ।’

आगामी सदन चल्ने नचल्ने भन्ने कुरा सरकारको भूमिकामा निर्भर रहेन उनकाे भनाइ थियाे। ‘हामीले सरकारकाप्रति अविश्वास गरेका छैनौं। कोही नेता कानून भन्दामाथि छ भन्ने सोच बनाउँदैन,' उनले भने, 'प्रश्न उठेपछि सरकार आफैंले छानबिन गर्नुपर्छ भन्ने पक्षमा पुग्छ।’

 

 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्