बागमतीका मुख्य मन्त्री जम्कट्टेल सिन्धुलीमा बिरामी, हेलिकाेप्टरमार्फत काठमाडौं ल्याइँदै
सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा एक्कासि अस्वस्थ भएपछि काठमाडौंबाट हेलिकाेप्टर झिकाएर उपचारका लागि ल्याईंदैछ।
काठमाडौं, वैशाख २५ : वागमतीका मुख्य मन्त्री शालिकराम जम्कट्टेल अकस्मात विरामी परेपछि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ।
मुख्यमन्त्री जम्कट्टेल रामेछापको मन्थली, ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा सिन्धुली हुँदै जाँदै गर्दा अस्वस्थ भएका हुन्।
सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा एक्कासि अस्वस्थ भएपछि काठमाडौंबाट हेलिकाेप्टर झिकाएर उपचारका लागि ल्याईंदैछ।
गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। स्थानिय अस्पतालले प्रेसर लो र अक्सिजनको लेभल कम देखिएको जनाएको छ।
जम्मकट्टेलले बिहानैदेखि आफूलाई असहज महसुस भएको बताएका थिए ।
प्रकाशित मिति: १३:३० बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![१२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5_dd1c135d-1782373123.jpg)