Kathmandu Press

बागमतीका मुख्य मन्त्री जम्कट्टेल सिन्धुलीमा बिरामी, हेलिकाेप्टरमार्फत काठमाडौं ल्याइँदै

सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा एक्कासि अस्वस्थ भएपछि काठमाडौंबाट हेलिकाेप्टर झिकाएर उपचारका लागि ल्याईंदैछ।
बागमतीका मुख्य मन्त्री जम्कट्टेल सिन्धुलीमा बिरामी, हेलिकाेप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं, वैशाख २५ : वागमतीका मुख्य मन्त्री शालिकराम जम्कट्टेल अकस्मात विरामी परेपछि हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ।

मुख्यमन्त्री जम्कट्टेल रामेछापको मन्थली, ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा सिन्धुली हुँदै जाँदै गर्दा अस्वस्थ भएका हुन्।

Hardik ivf

सिन्धुलीको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा एक्कासि अस्वस्थ भएपछि काठमाडौंबाट हेलिकाेप्टर झिकाएर उपचारका लागि ल्याईंदैछ।

गाडीभित्रै बान्ता भएको र अडिन नसक्ने भएपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। स्थानिय अस्पतालले प्रेसर लो र अक्सिजनको लेभल कम देखिएको जनाएको छ।

जम्मकट्टेलले बिहानैदेखि आफूलाई असहज महसुस भएको बताएका थिए । 
 

प्रकाशित मिति: १३:३० बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्