Kathmandu Press

मुख्यमन्त्री अधिकारीले लिएकाे विश्वासकाे मत बदरकाे माग राख्दै सर्वाेच्चमा कांग्रेस

अधिकारीले ३० सांसदकाे समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणा कानुनतः गलत रहेकाे जिकिर गर्दै कांग्रेस अदालत गएकाे हाे। कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी गरिएको घोषणा बदर गर्न माग गरेका छन्।
मुख्यमन्त्री अधिकारीले लिएकाे विश्वासकाे मत बदरकाे माग राख्दै सर्वाेच्चमा कांग्रेस

काठमाडौं, वैशाख २५ : गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले लिएकाे विश्वासकाे मतविरूद्ध नेपाली कांग्रेससले सर्वोच्च अदालतमा रिट दिएको छ। कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयको तर्फबाट मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। 

अधिकारीले ३० सांसदकाे समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणा कानुनतः गलत रहेकाे जिकिर गर्दै कांग्रेस अदालत गएकाे हाे। कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी गरिएको घोषणा बदर गर्न रिटमा माग गरिएकाे छन्।

Hardik ivf

पाण्डेले संविधानको धारा १६८ (२) अनुसार नियुक्त मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको भन्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशकाे माग पनि गरेका छन्।

गण्डकी प्रदेशसभा ६० सदस्यीय रहेकाे छ। जसअनुसार विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्थ्याे। गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा जम्मा ३० मत परेकाे थियाे।त्यसपछि सभामुख कृष्ण धितालले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका थिए।

सभामुखले असंवैधानिक घोषणा गरेकाले त्यसविरुद्ध पनि सर्वोच्चमा रिट दिएको बताइएकाे छ।

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, वैशाख २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्