सभामुखकाे आह्वानमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सुरु
वैशाख २८ गते सुरु हुने प्रतिनिधिसभाको बर्खे अधिवेशन बिना अवरोध सञ्चालन गर्ने वातावरण बनाउने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेका हुन्।
काठमाडौं, वैशाख २५ : सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बैठक सुरु भएको हाे।
वैशाख २८ गते सुरु हुने प्रतिनिधिसभाको बर्खे अधिवेशन बिना अवरोध सञ्चालन गर्ने वातावरण बनाउने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेका हुन्।
कांग्रेसले यसअघिकाे अधिवेशनमा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर सदनमा अवरोध सिर्जना गरेको थियो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलगायत नेता सहभागी छन्।
प्रकाशित मिति: १२:३१ बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












