हुण्डी कारोबारको आशंकमा होटल भियानामा सिआईबीको छापा
हुण्डी कारबारको आशंका सिआईबीले मंगलबार बिहान होटल भियानामा छापा मारेको हो।
काठमाडौं, वैशाख २५ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठमेलस्थित होटल भियानमा छापा मारेको छ।
हुण्डी कारबारको आशंका सिआईबीले मंगलबार बिहान होटल भियानामा छापा मारेको हो।
त्यहाँबाट सिआईबीले हुण्डीको रकमसहित केही व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। सिआईबीले आधिकारिक रुपमा पक्राउको विषयमा केही भनेको छैन।
होटल भियान सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङको हो। यो होटल दावाकी श्रीमती अमला रोकाको नाममा छ। उनी सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छिन्।
प्रकाशित मिति: ११:२७ बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












