रास्वपा संसदीय दलको बैठक आज बस्दै
बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ।
काठमाडौं, वैशाख २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ।
सिंहदरबारस्थित दलको कार्यालयमा विहान ८ बजेदेखि बैठक बस्न लागेको सचेतक निशा डाँगीले जानकारी दिइन् । उनका अनुसार बैठकमा मुलतः तीन वटा विषयमा छलफल हुनेछ।
बैठकमा आगामी बजेट अधिवेशन र पार्टीको संसदीय कामकारबाही, इलाम–२ को उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: १०:३४ बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार