तीनवटा संसदीय समितिको बैठक बस्दै
कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक आज बस्ने भएको हो ।काठमाडौं, वैशाख २५ : संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठक आज बस्ने भएको हो ।
तीन वटै समितिको बैठक बिहान ११ बजे बस्नेछ । कानुन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि बफादार छलफल हुनेछ । शिक्षा समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै सरोकार समितिमा राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय सुरक्षाको अवस्था, मन्त्रालयबाट भए गरेका कामकारबाही र भावी कार्यदिशा, रक्षा मन्त्रालयबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजनाको कार्य प्रगति र समस्याका विषयमा छलफल हुनेछ ।
प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, वैशाख २५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संसदीय छानविन समितिको कार्यादेशमा साँझसम्म सहमति हुन्छ : बर्ताैलाआइतबार, जेठ ६, २०८१
संसदीय समितिको टीओआरमा सहमति नजिक दलहरू, कांग्रेसले माग्याे थप समयआइतबार, जेठ ६, २०८१
अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारी भइरहेकाे छ : मन्त्री चाैधरीआइतबार, जेठ ६, २०८१
ट्राफिक प्रहरीको हत्या आरोपमा भाग्न खोजेपछि हवाई फायर गरेर ७ जना पक्राउआइतबार, जेठ ६, २०८१