Kathmandu Press

ललितपुरमा जलेर घाइते दुई बालिकाको मृत्यु, आमा–बुवाको अवस्था गम्भीर

किस्ट अस्पतालमा उपचारका क्रममा ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको हो। ३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरीकाे पनि अवस्था गम्भीर रहेकाे बताइएकाे छ।
ललितपुरमा जलेर घाइते दुई बालिकाको मृत्यु, आमा–बुवाको अवस्था गम्भीर

काठमाडौं, वैशाख २४ : लतिलपुरको ग्वार्गोमा आज बिहान भएको आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु भएको छ।

सोमबार बिहान ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ सदस्य गम्भीर घाइते भएका थिए।

Hardik ivf

किस्ट अस्पतालमा उपचारका क्रममा ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको हो।

३५ वर्षका सञ्जय गिरी र उनकी पत्नी ३२ वर्षकी रुपा गिरी र भतिज नित गिरीको किस्ट अस्पतालमै उपचार भइरहेको छ। भेन्टिलेटरमा रहेका सञ्जय र रुपाकोे अवस्था गम्भीर रहेको बताइएको छ।

नितको अवस्था भने समान्य रहेको र उनलाई जनरल वार्डमा राखिएको छ।

प्रकाशित मिति: २०:४७ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्