प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको समय ४ वर्षका लागि तोकिएको भए पनि नयाँ कानुन बन्न बाकी रहेकाले म्याद थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
काठमाडौं, वैशाख २४ : सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले समितिको समय ४ वर्षका लागि तोकिएको भए पनि नयाँ कानुन बन्न बाकी रहेकाले म्याद थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति भन्ने हाम्रो रक्षा मन्त्रालयअन्तर्गत विकास समिति गठन आदेशबाट सञ्चालित छ,’ उनले भनिन्, ‘यसको समय ४ वर्षको. लािग भनेर तोकिएको रहेछ, यही २६ गते ४ वर्ष पुग्दै रहेछ र अहिले नयाँ विधेयक कानुन बनिनसकेको र गठन आदेशको समय पनि पूरा भइसक्ने हुनाले समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरिएको छ।’
नेपाली सेनाको व्यवस्थापनमा २०८३ देखि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल डिफेन्स कोर्स सुरु गर्ने सरकारको योजना हो । भौतिक पूर्वाधार र पाठ्यक्रम तयारी भने अन्तिम चरणमा पुगेको जनाइएको छ।