Kathmandu Press

जसपा नेपालको फुट निन्दनीय : नेकपा एस

जसपा नेपाल फुटेको भोलिपल्ट  साेमबार नेकपा एसले संसदीय दलको बैठक बोलाएको थियो। बैठकपछि नेकपा एसका एक सांसदले जसपा नेपाल फुट्नु दुःखद भएको बताएका हुन्।
जसपा नेपालको फुट निन्दनीय : नेकपा एस

काठमाडौं, वैशाख २४ : नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जनता समाजवादी पार्टी (जसपा) को फुट निन्दनीय भएकाे बताएकाे छ।

जसपा नेपाल फुटेको भोलिपल्ट  साेमबार नेकपा एसले संसदीय दलको बैठक बोलाएको थियो। बैठकपछि नेकपा एसका एक सांसदले जसपा नेपाल फुट्नु दुःखद भएको बताएका हुन्।

Hardik ivf

नेकपा एस पनि फुट उन्मुख रहेकाे हल्ला चलिरहेका बेला उनले आफ्नो पार्टी र संसदीय दल भने एकढिक्का रहेको बताए। ती नेताले समाजवादी मोर्चा र सरकारमा सहभागी दलहरूलाई विभाजन गर्ने गतिविधि जोजोबाट भए पनि त्यसले राष्ट्रियतालाई कमजोर गर्ने र स्थायित्वका लागि भएका प्रयासलाई रोक्ने बताए।

आफ्नो दलबारे अफवाह फैलाइएको भन्दै उनले पार्टीका सांसदहरू कतै नगएकाे दाबी गरे।

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्