Kathmandu Press

गण्डकी सरकारमा एमालेबाट दुई मन्त्री थपिए

अधिकारीले कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दासलाई मन्त्री नियुक्त गरेका हुन्।
गण्डकी सरकारमा एमालेबाट दुई मन्त्री थपिए

पोखरा, वैशाख २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएको भोलिपल्टै एमालेबाट दुई मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका छन्।

अधिकारीले कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दासलाई मन्त्री नियुक्त गरेका हुन्। आफू पहिलोपटक मुख्यमन्त्री बन्दा पनि मुख्यमन्त्री अधिकारीले यी दुवै जनालाई मन्त्री बनाएका थिए।

Hardik ivf

गुरुङलाई ऊर्जा र सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएकाे छ।

यसअघि माओवादी केन्द्रबाट हरिबहादुर चुमान अर्थमन्त्री र राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनिसकेका छन्।
 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्