Kathmandu Press

दल विभाजनका लागि आयोगमा दिइएको निवेदन अवैधानिक : जसपा नेपाल 

उक्त अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर जसपाको छ। पार्टी प्रवक्ता मनीष सुमनले सोमबार एक विज्ञप्ति जारी गर्दै दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण गर्दै यस्तो दाबी गरेका हुन्।
दल विभाजनका लागि आयोगमा दिइएको निवेदन अवैधानिक : जसपा नेपाल 

काठमाडौं, वैशाख २४ : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनका लागि निर्वाचन आयोगमा दिएको निवेदन ‘अवैधानिक’ रहेको दाबी गरेको छ।

उक्त अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर जसपाको छ। पार्टी प्रवक्ता मनीष सुमनले सोमबार एक विज्ञप्ति जारी गर्दै दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण गर्दै यस्तो दाबी गरेका हुन्।

Hardik ivf

विज्ञप्तिमा हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको समेत जनाइएको छ। यस्तै, बहुमत केन्द्रीय सदस्य पार्टीप्रति नै प्रतिबद्ध रहेको दाबीसमेत गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नुहुन अनुरोध छ।’

नेता अशोक राईको नेतृत्वमा जसपा विभाजन गरी नयाँ पार्टी दर्ताका निम्ति आइतबार निर्वाचन आयोगमा निवेदन दिइएको सन्दर्भमा जसपाले आफ्नो धारणा स्पष्ट गरेको हो।  
 

प्रकाशित मिति: १६:३२ बजे, सोमबार, वैशाख २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्